सोलुखुम्बुमा हिमताल फुटेको आशंका, एकाएक भीषण बाढी, थामे गाउँमा बाढी पस्यो
काठमाडौँ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा एकाएक भीषण बाढी आएको छ । हिमताल फुटेर एकाएक बाढी आएको हुन सक्ने आशंका गरिएको छ ।
खुम्बु गाउँपालिका वडा नम्बर४ का अध्यक्ष लक्ष्मण अधिकारीले माथिबाट एकाएक बाढी आउँदा तल्लो भेगमा रहेको थामे भन्ने स्थानमा बाढीले क्षति पुर्याएको रातोपाटीलाई जानकारी दिए ।
‘माथिबाट एकाएक बाढी आयो । खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ थामे भन्ने ठाउँमा रहेका घरहरुमा बाढी पसेको छ’, उनले बताए ।
प्रारम्भिक विवरण अनुसार धनमालको क्षति भएपनि हालसम्म मानवीय क्षतिको जानकारी छैन । ‘अहिलेसम्म कसैलाई पनि केही भएको जानकारी छैन । तर, उद्धार कार्य जारी छ’, उनले भने । उनले तल्लो तटीय क्षेत्रमा सबैलाई खबर गरिसकिएको जानकारी दिए ।
उनका अनुसार थामेमा रहेका एउटा विद्यालयको होस्टेलमा फसेका विद्यार्थीहरूको उद्धार गरिएको छ । यस्तै स्थानीयलाई पनि उद्धार गर्ने काम धमाधम भइरहेको छ ।
उनले हिमताल फुटेको आशंका गरिएको भन्दै एकाएक ठुलो आवाजका साथ लेदोसहितको बाढी आएको बताए । ‘माथितिरबाट एकाएक बाढी आयो । थामेगाउँलाई मात्रै असर छ । घरहरु डुबेका छन्’, उनले थप बताए । घटनास्थल सोलुखुम्बु सदरमुकामबाट ३ दिन टाढाको दुरीमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण