प्राकृतिक विपत्ति
सोलुखुम्बुको बाढीमा फसेका ७ जनाको उद्धार, एक जना सम्पर्कविहीन
शुक्रबार, ३२ साउन २०८१, १७ : २३
काठमाडौँ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले बताइन् ।
बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रका एक जना सम्पर्कविहीन भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले रातोपाटीलाई बताए ।
उनका अनुसार हालसम्म बाढीको कारण १२ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ । दाहालले भने, ‘७ घर जोखिममा छन्, दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेका छौँ ।’
हिमताल फुटेर उक्त बाढी आएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मौद्रिक नीतिले सेयर बजारलाई दिनुपर्ने रिल्याक्सेसन खासै केही छैन’
-
वीर अस्पतालका तत्कालीन लेखा अधिकृत भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
अभिषेक गिरीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले किन मगायो अर्बौं घोटालाका ४ फाइल ?
-
बागमती प्रदेश सभा : सत्तापक्षका सांसद भन्छन्– ‘बजेट निर्माणमा मन्त्रीहरूको स्वेच्छाचारिता भयो’
-
‘वित्तीय ग्राहक सन्तुष्टि सर्भेक्षण’ गर्दै राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण