आयोग बैठक
न्याय सेवा आयोगले गर्यो २० सरकारी वकिलको सरुवा (सूचीसहित)
शुक्रबार, ३२ साउन २०८१, १७ : ४२
काठमाडौँ । न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ ।
सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
-
प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘ई.मास ५’ नेपालमा सार्वजनिक,मूल्य कति ?
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण