‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’ गीत सार्वजनिक

काठमाडौँ । आगामी असोज १७ गते अर्थात् घटस्थापना दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’बोलको गीत सार्वजनिक गरेको छ । यस अगाडि सार्वजनिक भएका ‘बिहे गर्ने कि नगर्ने ?’ र ‘उडायो मन’ गीतले चर्चा पाइरहेको समय शुक्रबार एक कार्यक्रम गर्दै तेस्रो गीत सार्वजनिक गरेको हो ।
बिहे घरको रमाइलो देखाइएको गीतमा जयन जे वाइबाको शब्द तथा संगीत रहेको छ । कालीप्रसाद बाँस्कोटा, निश्चल बस्नेत र बबिना किराँतीको स्वर रहेको गीतमा प्रदीप लामा र रेविका खत्रीले कोरियोग्राफी गरेका छन् । गीतमा निश्चल र स्वस्तिमासहितका कलाकारहरु नृत्य देख्न सकिन्छ ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन रहेको फिल्ममा स्वस्तिमा र निश्चलसँगै विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिम्रन खड्का, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।
फिल्ममा नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा, केवीका खत्री र शेखर घर्ती मगरको कोरियोग्राफी एवं जयन जे वाइबा र कुशल पोखरेलको संगीत छ ।
विवाह संस्कृतिको कथामा बनेको फिल्मले ३० वर्ष लागेपछि विशेषगरी युवतीहरुलाई विवाहका लागि परिवार र समाजबाट आउने दबाबलाई रोचक शैलीमा देखाउन खोजिएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
साढे ३३ करोड भ्रष्टाचार प्रकरण : टेलिकमको बिलिङ सिस्टम प्रकरण के हो ?
-
युक्रेनको मध्य क्षेत्रमा प्रवेश गरेको रुसको दाबी
-
क्रिकेटर रिंकू सिंहले सपा सांसदसँग गरे इन्गेजमेन्ट
-
होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम गर्ने
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद: सय मिटरमा आदित्य र प्रकृतिलाई स्वर्ण