भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालन
काठमाडौँ । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने जनाइएको छ ।
यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि रहेको अस्पतालको भनाइ छ ।
मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथसाथै बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ ।
यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण