सहकारी सञ्चालकसँगको शोधपुछ अन्तिम चरणमा : अब प्रतिवेदन लेखनमा केन्द्रित हुने
काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समिति प्रतिवेदन लेखनमा केन्द्रित हुने भएको छ । शनिवार सिंहदरबारमा बसेको सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै समिति सभापति सुर्य थापाले यस्तो बताएका हुन् ।
उनले समिति शोधपुछको कार्य अन्तिमतिर आइपुगेको र अब प्रतिवेदन लेखनको काममा लाग्ने बताए । उनले समितिले विभिन्न मुद्दामा कारागारमा रहेका सहकारी सञ्चालकहरुसँग बयान लिने काम लगभग सकिएको बताए ।
उनले आजको बैठकमा नख्खु कारागारमा रहेका कृषि विकास बहुउद्देश्य सहकारी संस्था तथा कृषि विकास वचत तथा ऋण सहकारी संस्थाका ललितपुर र भक्तपुरमा कार्यक्षेत्र भएका दुईवटा संस्था सञ्चालन गर्दै आएका तेजविक्रम थापालाई बोलाएर शोधपुछ गरेको बताए ।
उनले पछिल्लो समयमा जिबी राईको नेतृत्वमा पुगेको हाम्रो नयाँ कृषि बहुउद्देश्य सहकारी संस्था भक्तपुरका पूर्वअध्यक्ष सूर्यबहादुर गुरुङ र ज्येष्ठ लगायत ८ वटा सहकारी संस्थासँग संवद्ध मधुसुदन पाठकसँग शोधपुछ गरेको पनि बताए ।
उनले भने, ‘शोधपुछको अन्तिमतिर लागेका छौँ । शोधपुछलाई तथ्य प्राप्तिको उद्देश्यअनुसार गरिरहेका छौँ । सहकारी ठगी र अरु विभिन्न मुद्दामा जेलमा रहेका व्यक्तिहरु सहकारीका मुख्य व्यक्तिहरु रहेको कारणले उनीहरुलाई नै नसोधी तथ्यमा पुग्न सक्दैन थियौँ । यो क्रम छिटो टुंग्याउने र प्रतिवेदन लेखनको कामलाई अन्तिम रुपमा त्यस काममा केन्द्रित हुनेगरी जुट्नेछौँ ।’
उनले समितिले धरान उपमहानगरपालिकको नियमनमा रहेको बराह वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मानबहादुर विश्वकर्मासँग पनि शोधपुछ गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण