हमासले भन्यो– युद्धविराम ‘भ्रम’ मात्र

गाजा । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए ।
अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बीबीसीलाई बताए । हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको बताएको छ ।
इजरायलले अमेरिका र मध्यस्थकर्ताहरूले हमासलाई मनाउन प्रयास गर्ने प्रयासको सराहना गर्दै उसले बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको दाबी गरेको छ । यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबिचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आचरण विपरीत काम गरेपछि दार्चुलाका न्यायाधीश सर्वोच्च तानिए
-
३८ ब्रोकर कम्पनीलाई राहत दिनेगरी नियमावली संशोधनको तयारीमा धितोपत्र बोर्ड
-
‘टेक एण्ड पे’ पीपीए हटाउन इप्पानले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
-
मनसुन प्रणाली देशभर फैलियो
-
तीन दलको बैठकमा प्रधानमन्त्री ओलीले गरे मिथेन ग्यासको चर्चा
-
विप्लवले भेटे झलनाथ खनाल