हमासले भन्यो– युद्धविराम ‘भ्रम’ मात्र
गाजा । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए ।
अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बीबीसीलाई बताए । हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको बताएको छ ।
इजरायलले अमेरिका र मध्यस्थकर्ताहरूले हमासलाई मनाउन प्रयास गर्ने प्रयासको सराहना गर्दै उसले बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको दाबी गरेको छ । यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबिचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण