जम्मू कश्मीर : विशेष दर्जा हटाएपछि पहिलो पटक विधानसभा चुनाव हुँदै
जम्मू । जम्मू कश्मीरको विशेष दर्जा खारेज गरेपछि पहिलो पटक केन्द्र शासित प्रदेशमा विधानसभा चुनाव हुँदैछ। करिब एक दशकपछि विधानसभाको निर्वाचन हुन लागेको हो । विधानसभा चुनाव तीन चरणमा हुनेछन्।
सन् २०१९ मा केन्द्र सरकारले विशेष दर्जा समाप्त गर्दै जम्मू कश्मीरलाई दुई छुट्टै केन्द्र शासित प्रदेशहरूमा विभाजन गरेको थियो । लद्दाखलाई पनि छुट्टै केन्द्र शासित प्रदेश बनाइयो ।
जम्मू कश्मीरमा पछिल्लो विधानसभा चुनाव सन् २०१४ मा भएको थियो। सन् २०१८ मा भाजपा र पीडीपीको गठबन्धन सरकार पतन भएको थियो। त्यतिबेला आपसी मतभेदका कारण भाजपाले पीडीपीलाई दिएको समर्थन फिर्ता लिएको थियो।
सरकारको पतनपछि जम्मू कश्मीर करिब ६ वर्षसम्म केन्द्र सरकारको अधीनमा रह्यो। हाल त्यहाँ उपराज्यपालले शासन गरिरहेका छन्।
जम्मू कश्मीरका राजनीतिक दलहरूले लामो समयदेखि विधानसभा चुनाव गराउन माग गर्दै आएका थिए। शुक्रबार दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा चुनावको घोषणा गर्दै भारतको निर्वाचन आयोगले जम्मू कश्मीरमा ८७.०९ लाख मतदाता रहेको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण