कांग्रेस–एमाले गठबन्धन सरकार सङ्घीयता समाप्त पार्ने षड्यन्त्रमा लागेको छ : उपाध्यक्ष भुसाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा एसिया प्रदेश कमिटी इन्चार्ज पम्फा भुसालले कांग्रेस–एमालेको गठबन्धन सरकारले प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएकी छिन् । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै त्यसतर्फ सतर्क रहन आग्रह गरिन् ।
‘अहिलेको सरकारले सङ्घीयता खोस्ने तरिकाबाट अगाडि बढेको छ । समानुपातिक समावेशी प्रणाली समाप्त पार्ने, बहुदलीय प्रणाली समाप्त पर्ने गरी अगाडि बढेको छ’, उनले भनिन्, ‘जबजको सिद्धान्त बोकेको एमालेले पार्टी सिद्धान्तविपरित दुई दलीय व्यवस्था लागू गर्न खोजिएको छ । भ्रष्टाचारलाई ढाकछोप गर्न रातारात बिचौलियाको घरमा सम्झौता गरेको छ । अधिकार खोस्ने षड्यन्त्र हुँदैछ तपाईँहरू सचेत रहनोस् ।’
उनले राजनीति र व्यवस्थामा परिवर्तन भए पनि कर्मचारी संयन्त्र तथा न्यायपालिका परिवर्तन हुन नसक्दा व्यवहारिक कार्यान्वयनमा समस्या आएको बताइन् । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी सबै माओवादीको एजेन्डा भएकाले कार्यान्वयनमा सबैले इमानदारिता देखाउनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण