कांग्रेस–एमाले गठबन्धन सरकार सङ्घीयता समाप्त पार्ने षड्यन्त्रमा लागेको छ : उपाध्यक्ष भुसाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष तथा एसिया प्रदेश कमिटी इन्चार्ज पम्फा भुसालले कांग्रेस–एमालेको गठबन्धन सरकारले प्राप्त उपलब्धिलाई समाप्त पार्ने षड्यन्त्रमा लागेको आरोप लगाएकी छिन् । नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियामा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै त्यसतर्फ सतर्क रहन आग्रह गरिन् ।
‘अहिलेको सरकारले सङ्घीयता खोस्ने तरिकाबाट अगाडि बढेको छ । समानुपातिक समावेशी प्रणाली समाप्त पार्ने, बहुदलीय प्रणाली समाप्त पर्ने गरी अगाडि बढेको छ’, उनले भनिन्, ‘जबजको सिद्धान्त बोकेको एमालेले पार्टी सिद्धान्तविपरित दुई दलीय व्यवस्था लागू गर्न खोजिएको छ । भ्रष्टाचारलाई ढाकछोप गर्न रातारात बिचौलियाको घरमा सम्झौता गरेको छ । अधिकार खोस्ने षड्यन्त्र हुँदैछ तपाईँहरू सचेत रहनोस् ।’
उनले राजनीति र व्यवस्थामा परिवर्तन भए पनि कर्मचारी संयन्त्र तथा न्यायपालिका परिवर्तन हुन नसक्दा व्यवहारिक कार्यान्वयनमा समस्या आएको बताइन् । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी सबै माओवादीको एजेन्डा भएकाले कार्यान्वयनमा सबैले इमानदारिता देखाउनुपर्नेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विमान दुर्घटनामा ज्यान गुमाउने 'क्याबिन क्रु' को कथा: अवकाश लिन लागेकादेखि विवाहकाे तयारी सम्म
-
१२ बजे, १२ समाचार: बजेट आकार बढाउने ध्याउन्नमा कोशी सरकार, प्राध्यापकहरू आन्दोलित
-
इजरायलले इरानका दुई ग्यास क्षेत्रमाथि आक्रमण गरेको इरानको दाबी
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण