शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

टूटलको डेलिभरी प्लेटफर्ममा तीन प्रमुख सेवा उपलब्ध हुने

आइतबार, ०२ भदौ २०८१, १५ : ३०
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ ।  नेपालको पहिलो राइड सेयरिङ प्लेटफर्म टूटलले डेलिभरी प्लेटफर्ममा तीन प्रमुख सेवा उपलब्ध गराउने घोषणा गरेको छ । 

जसअनुसार एक्सप्रेस डेलिभरी, नर्मल डेलिभरी र मल्टिस्टप डेलिभरीको सुविधा दिइएको कम्पनीले जनाएको छ । 

‘हामी हाम्रा ग्राहकहरूलाई सुविधाजनक र प्रभावकारी समाधानहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्राकृतिक विस्तारको रूपमा हाम्रो डेलिभरी सेवा प्रस्तुत गर्न पाउँदा उत्साहित छौँ,’ टूटलका एमडी रुबिक जोशीले भने, ‘हाम्रो अवस्थित चालक र प्रविधिको नेटवर्कैको लाभ उठाएर, हामी असाधारण सेवा प्रदान गर्ने र हाम्रा सवारहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्ने हाम्रो क्षमतामा विश्वस्त छौँ ।’

यो प्रयासले ग्राहकहरूलाई व्यापक डेलिभरी समाधानहरू प्रदान गर्ने मिसनमा अगाडि बढेको महत्त्वपूर्ण कदमलाई प्रतिनिधित्व गर्ने कम्पनीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप