परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार भेट्ने
काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री देउवाले सोमबार भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको हो ।
परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणको तालिकामा प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम समावेश छैन । सोमबार नै मलेसियाका प्रधानमन्त्री भारत भ्रमणमा जान लागेका छन् । त्यसमा प्रधानमन्त्री मोदी व्यस्त हुने भएपछि समय मिल्छ कि मिल्दैन भनि अन्योल थियो तर प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाले भेट्ने तय भएको मन्त्रालयले जनाएको छ ।
विदेश मन्त्री एस.जयशंकरलाई भेटेपछि प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भेट्ने समय भने तय भइसकेको छैन ।
परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने र दुई देशको हितको बारेमा कुराकानी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण