थामेमा तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन मन्त्री गुरुङको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा वैकल्पिक व्यवस्था गरी तत्काल सञ्चार सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।
हिमताल फुटेर थामे खोलामा आएको बाढीका कारण पर्यटकीय गाउँ थामे सञ्चार सम्पर्कविहीन भएको विषयमा स्थानीय जनप्रतिनिधिले जानकारी गराएपछि मन्त्री गुरुङले तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका हुन् ।
गत साउन ३१ गते दिउँसो आएको बाढीले थामेमा व्यक्तिगत तथा सार्वजनिक संरचनामा क्षति पुर्याएको छ । बाढीले विद्युत् गृहमा क्षति पुर्याएपछि सो गाउँमा विद्युत्, टेलिफोनलगायत सेवा अवरुद्ध छ ।
बाढीका कारण खुम्बु बिजुली कम्पनीको हेडवर्क्समा क्षति पुग्न गई विद्युत् सेवा अवरुद्ध हुँदा सो गाउँपालिका–३, ४ र ५ मा विद्युत् तथा सञ्चार सुविधा अवरुद्ध भएकाले वैकल्पिक ऊर्जाको व्यवस्था गरी सञ्चार सुविधा सञ्चालन गर्न स्थानीय जनप्रतिनिधिले मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
स्थानीय जनप्रतिनिधिले सो विषयमा जानकारी गराएपछि मन्त्री गुरुङले त्यस क्षेत्रका सञ्चार सेवा प्रदायक नेपाल टेलिकम र एनसेललाई फोन गरी वैकल्पिक ऊर्जामार्फत तत्काल सेवा सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रकम लिएर नाबालिका छोरीको भारतीयसँग विवाह गराउने आमा पक्राउ
-
इजरायल–इरान युद्ध : २० जनाले नेपाल फर्किन दिए निवेदन
-
‘माग्ने राजा’ भदौ ६ गतेबाट प्रदर्शनमा आउने
-
पोखराका गाडीको प्रदूषण जाँच गर्दा आधा गाडी मापदण्डमा फेल
-
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
-
सिरहामा मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु