चेल्सीलाई हराउँदै सिटीको विजयी सुरुवात
सोमबार, ०३ भदौ २०८१, ०६ : २९
लण्डन । साबिक विजेता म्यानचेस्टर सिटीले प्रिमियर लिगको नयाँ सिजनमा शानदार सुरुवात गरेको छ । आइतबार भएको खेलमा टोलीले चेल्सीमाथि उसैको घरेलु मैदानमा २–० को सहज जित हासिल गरेको हो ।
खेलको १८ औँ मिनेटमा बर्नार्डो सिल्भाको पासमा गोल गर्दै अर्लिङ हालान्डले सिटीलाई अग्रता दिलाएका थिए । सिटीका लागि उनको यो १ सयौँ खेल पनि थियो । सन् २०२२ मा बोरुसिया डर्टन्डबाट सिटी आए यता उनले टोलीका लागि ९१ गोल गरिसकेका छन् ।
खेलको अन्त्यतिर चेल्सीका पूर्वमिडफिल्डर माटेयो काभाचिचले अर्को गोल गर्दै टोलीको जित सुनिश्चित गरे । यसअघि सिटीका गोलकिपर एडर्सनले चेल्सीका निकोलास ज्याकसनको प्रयास विफल बनाएका थिए ।
आइतबार नै भएको अन्य खेलमा ब्रेन्ट फोर्डले क्रिस्टल प्यालेसलाई २–१ गोलले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
-
काठमाडौँको बौद्धमा युवतीले गरिन् आत्मदाह प्रयास
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण