पल शाह र प्रताप दाससँगै झुम्यो दुबई
दुबई । अभिनेता पल शाह र गायक प्रताप दासले दुबईमा दर्शक नचाएका छन् । बर दुबईस्थित क्लब एसके सेभेनमा आयोजित कार्यक्रममा अभिनेता पल शाहले आफ्नो डान्स तथा गायक दासले विभिन्न गीत संगीतबाट दर्शक नचाएका हुन् ।
सेलिब्रेटी नेपाल प्रतिष्ठान र साथीभाइ इन्टरटेन्मेन्टले आयोजना गरेको सिएनए इन्टरनेशनल अनर अवार्ड कार्यक्रममा अभिनेता पल र गायक प्रतापलाई अगाडि पाउँदा दर्शक खुसी देखिन्थे ।
पल र प्रतापको अलवा गायिका रेखा शाह, लोक गायक सुवास खत्री, कलाकार रितेष पौडेल, गायक सुरज मानन्धर, मोडल दीपक घिमिरे, अर्जुन जिसी, फिल्म डेसानका निर्देशक कमल एक्चै मगर, निर्देशक नितिन चन्द, कलाकार चन्द्र लामा र लीला केसी लगायत करिब डेढ दर्जन कलाकार्मी सहभागी कार्यक्रमलाई ‘म्युजिकल नाइट’को नाम दिइएको थियो ।
हाईलाईट् नेपालका प्रबन्धक जनक तामाङ र ओेएसआर डिजिटलका ओम अग्रवाल समेत सहभागी कार्यक्रममा पल शाह, प्रताप दास, रेखा शाह लगायतका कलाकारले विभिन्न विधामा अवार्ड समेत थापेका थिए ।
कार्यक्रममा गायिका रेखा शाहले ३ वटा गीत प्रस्तुत गर्दा गायक प्रताप दासले ११ वटा गीत गाएका थिए । पल शाहले भने तीन गीतमा ३ नृत्य देखाए ।
नेपाली कला, साहित्य, चलचित्र क्षेत्रका कलकर्मी र सामाजिक, शिक्षा र पर्यटन क्षेत्रका लागि दुबईमा रहेर योगदान गर्ने विशिष्ट व्यक्तिहरूलाई कार्यक्रममा अवार्ड समेत दिइयो । कार्यक्रममा वर्षको पपुलर गायक तर्फ प्रताप दास र वर्षको पपुलर आभिनेतातर्फ पल शाहले अवार्ड थापे ।
चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समीर बलामीले सञ्चालन गरेको कार्यक्रममा नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल, नेफिन युएईका अध्यक्ष विक्रम लिम्बु, समाजसेवीहरू बाबुराम परियार, विराज तिरोज, भीम मल्ल ठकुरी, पासाङ शेर्पा, विकास शाही, कुमार बलामी, जे सागर, रमेश ढकाल, हरि मोक्तान, कृष्ण भट्टराई, एमडी बोहोरालगायत क्षेत्रगत विशेष योगदानबाट सम्मान गरिएको थियो ।
कार्यक्रमले नेपाल–दुबईलाई जोड्नुको साथै नेपाली कला, साहित्य, चलचित्र र पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने विश्वास लिइएको आयोजक संस्था सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण