साउनमा ८ अर्ब ५५ करोड वैदेशिक लगानी स्वीकृत
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना, साउनमा ८ अर्ब ५५ करोड ५० लाख रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको छ ।
उद्योग विभागका अनुसार साउनमा ५९ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ५७ साना हुन् भने २ ठुला उद्योग हुन् । यी उद्योगले ३२३ जनालाई प्रत्यक्ष रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।
गत आर्थिक वर्ष २०८०/८१ देखि चालु आवको पहिलो महिना साउनसम्म कुल ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ वैदेशिक लगानीको लागि प्रतिबद्धता आएको छ ।
यो १३ महिनाको अवधिमा ६ हजार ३२६ साना, ठुला उद्योगले दर्ताको अनुमति पाएका छन् । यिनीहरूले ३ लाख ३४ हजार ६२४ जनालाई रोजगारी दिन सक्ने बताएका छन् ।
साउन महिनाको आएको प्रतिबद्धताको ७३ प्रतिशत हिस्सा पर्यटन उद्योगमा छ । सेवा क्षेत्रको १६ प्रतिशत र कृषि उद्योगमा ७ प्रतिशत छ । प्रशोधनका लागि ३ प्रतिशत र आईटी उद्योगका लागि १ प्रतिशत हिस्सा रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण