यसरी मनाइयो कर्णाली प्रदेश स्थापना दिवस (तस्बिरहरू)
सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ । विभिन्न कार्यक्रम गरेर सरकारले बुधबार स्थापना तथा सहिद दिवस मनाएको हो ।
जसअनुसार बिहान साढे ७ बजे राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट दिवस झल्किने ब्यानर प्लेकार्ड, ब्यान्ड बाजासहित प्रभातफेरि गरियो । त्यसपछि प्रदेश रङ्गशालास्थित कभर्ड हलमा औपचारिक कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेश प्रमुख यज्ञराज जोशी, सभामुख नन्दा गुरुङ, मुख्यमन्त्री यामलाल कँडेल, सबै मन्त्री, सांसद, कर्मचारीदेलगायतको सहभागिता रहेको थियो ।
नवौँ स्थापना दिवसको अवसरमा मुख्यमन्त्री कँडेलले मन्त्रिपरिषद्बाट दुई वटा घोषणा गरेका छन् । कँडेलले प्रदेश सरकारका सबै मन्त्रालय र मातहतका कार्यालयहरूमा ४ जना सहिदको तस्बिर अनिवार्य राख्ने र सहादत प्राप्त ४ जना सहिदका १–१ जना परिवारलाई रोजगारी प्रदान गर्ने निर्णय गरेका छन् ।
प्रदेश स्थापनाको आन्दोलनका क्रममा सुर्खेतका गोपालसिं रजवार, टीकाराम गौतम, यामबहादुर बिसी र जुम्लामा हरिबहादुर कुँवरले साहदत प्राप्त गरेका थिए ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण