कालीदास बाबा भन्छन् : नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउन अन्तिमसम्म लड्छु
काठमाडौँ । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसद्मा गएर धर्मनिरपेक्षताको वकालत गर्नु अस्वाभाविक भएको बताएका छन् ।
कालीदास बाबाले मंगलबार पत्रकार सम्मेलन गर्दै नेपालका नेताहरूले आफूलाई भेट्न पशुपति कोटिहोममा आएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसद्मा जाने अनि धर्मनिरपेक्षता भन्ने भूल नगर्न अनुरोधसमेत गरे ।
उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरू आउनुभयो । मैले उहाँहरूलाई यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको वकालत गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’
नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने कालीदास बाबाको प्रतिबद्धता छ ।
कालीदास बाबाले भने,‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरू धर्मनिरपेक्षताको पक्षमा लागि परिरहेका छन् । मेरो पहिले पनि र अहिले पनि नारा छ: नेपाल आमा के भन्छिन्, हिन्दु राष्ट्र लेउ भन्छिन्, धर्म निरपेक्षता चाहिँदैन ,गाई काट्न पाइँदैन ।
उनले भने, 'त्यो नारा आज पनि मजबुत छ । जबसम्म नेताहरूले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुहुन्न तबसम्म एक थोपा रगत रहुन्जेल कालीबाबाले नेपाल छाड्ने छैन ।’
उनले आफूले नेपालमा हिन्दु बौद्धिक सनातन धर्म चाहेको प्रष्ट पर्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेषाधिकार समितिको राष्ट्रिय सम्मेलन सम्पन्न, ‘लुम्बिनी घोषणा पत्र–२०८३’ जारी
-
बैंकका कर्मचारीलाई २ गुणासम्म ओभरटाइम सुविधा, दलको सदस्यता लिन निषेध
-
मर्नुअघि शरीरमा देखिन्छन् यस्ता लक्षणहरू
-
नेकपामा झलनाथको विद्रोह, यस्तो छ ३६ बुँदे असन्तुष्टि (पूर्णपाठ)
-
डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो
-
रास्वपाले बोलायो सचिवालय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण