देउवालाई झाको अनुरोध : प्रधानमन्त्रीको आकांक्षा राखेर गठबन्धन असफल नबनाइदिनुस्
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का महासचिव डा. सुरेन्द्र झाले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छैटौँ पटक प्रधानमन्त्रीको आकांक्षाले वर्तमान गठबन्धनको भविष्य तलमाथि नपारिदिन अनुरोध गरेका छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्न भन्दा पनि इतिहास निर्माणको बाटोमा अघि बढ्न सभापति देउवालाई अनुरोध गरे ।
‘तपाई मेरो अभिभावक पनि हो । शेरबहादुर देउवालाई अनुरोध छ, अब तपाई छैटौँ पटक प्रधानमन्त्री होइन इतिहास निर्माण गर्नुहोस् कुनै चिजको आशक्ति राखेर यो गठबन्धन असफल नबनाउनोस् ‚’ उनले भने ।
महासचिव झाले नेपालका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले) कमजोर भए लोकतन्त्रनै कमजोर हुने बताए ।
‘नेपाली कांग्रेस र एमाले कमजोर भयो भने डेमोकेसी कमजोर हुन्छ । अनि हामी जस्ता विभेदमा पारिएका मान्छे झन् कमजोर हुन्छ‚’ उनले भने ।
महासचिव झाले फेसबुक, ट्विटरमा लेखिने बहसले शासन सत्ता प्रभावित हुने गरेकोमा चिन्ता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण