हसिनाविरुद्ध अर्को मुद्दा दायर
ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अर्को पनि मुद्दा दायर भएको छ । सरकारी जागिरमा आरक्षणको विरोधमा भएको हिंस्रक प्रदर्शनका क्रममा रंगपुरमा अटो–रिक्सा चालक मानिक मियाको मृत्यु भएको थियो ।
उनको हत्याको आरोपमा सोमबार हसिनाविरुद्ध हत्यासम्बन्धी थप मुद्दा दायर भएको हो । यो मुद्दामा हसिनाको साथमा आवामी लिगका महासचिव, पूर्वगृहमन्त्री, पूर्ववाणिज्यमन्त्री पूर्वआईजीपी र सेवानिवत्त भइसकेका रंगपुर महानगरीय प्रहरी आयुक्तको पनि नाम मुछिएको छ ।
मानिक मियाकी आमाले सोमबार साँझ कूल १९ जनाविरुद्ध सो मुद्दा हालेकी थिइन् । मुद्दामा हसिनालाई मुख्य आरोपी भनिएको छ । अदालतले मुद्दालाई स्वीकार गर्दै यसलाई एफआईआरको रुपमा व्यवहार गर्न आदेश दिएको छ । योसँगै हसिनाविरुद्ध दायर भएको मुद्दाको सङ्ख्या २३ पुगेको छ ।
उनीमाथि १९ वटा हत्या, एउटा अपहरण र तीन वटा मानवता विरोधी अपराध अनि नरसंहारको आरोपमा मुद्दा दायर भएको छ । व्यापक विरोध प्रदर्शनका बिचमा अगस्ट ५ मा राजीनामा दिएर हसिना भारत भागेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण