अहिलेको गठबन्धन पूरा समय चल्छ : महामन्त्री थापा
मङ्गलबार, ०४ भदौ २०८१, १७ : ५६
बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको गठबन्धन पूरा समय चल्ने बताएका छन् । कांग्रेस रुपन्देहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै साढे ३ वर्षमा उनले कुनै पनि उथलपुथल नहुने बताएका हुन् ।
नेकपा एमालेको उपद्रोलाई आफूहरूले रोक्ने र कांग्रेसले चकचक नगर्ने बताउँदै महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धन पूरा समय चल्ने दाबी गरे । उनले कांग्रेस र एमाले निश्चित उद्देश्य पूरा गर्नका लागि सरकार बनाएकाले त्यसलाई पूरा गर्ने बताए । विगतमा पनि कांग्रेस र एमाले मिलेर बनाएका सरकारले आफ्नो उद्देश्य पूरा गरेको पनि दाबी गरे ।
महामन्त्री थापाले संविधान गतिशील दस्ताबेज भएकाले समयको आवश्यकता अनुसार संशोधन गर्दै जानु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण