‘एमपक्स नयाँ कोभिड होइन’
जुरिख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक अधिकारीले एमपक्स नयाँ कोभिड नभएको बताएका छन् । अहिलेको एमपक्स नयाँ हो कि पुरानै स्ट्रेन हो भन्ने थाहा नभएपनि यो नयाँ कोभिड चाँहि नभएको मंगलबार डब्ल्यूएचओको यूरोपका लागि क्षेत्रीय निर्देशक हान्स क्लुगले संयुक्त राष्ट्र संघमा मिडिया ब्रिफिङमा भनेका हुन् ।
यसको संक्रमण फैलिनबाट कसरी रोक्ने भनेर अधिकारीहरूलाई थाहा भएकोले यो नयाँ कोभिड नभएको उनले बताए । सबैले मिलेर यसलाई रोक्न सकिने र यसो गर्नै पर्नेमा पनि उनले जोड दिए ।
एमपक्सलाई नियन्त्रण गरेर विश्वभर फैलिन नदिने कि अर्को चक्रको अत्यास र बेवास्तामा छिर्ने भनेर आफैँले रोज्नु पर्ने पनि उनले बताए । एमपक्सको १बी भेराइटी निकट सम्पर्कमा रहेकाहरूमा छिटै सर्ने भएकोले यसले विश्वभर चिन्ता बढाएको छ । गएको हप्ता अफ्रिकाबाहिर स्वीडेनमा यसको पहिलो संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण