विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
मङ्गलबार, ०४ भदौ २०८१, २० : ४०
कैलाली । आफ्नै विद्यार्थीलाई यौन दुरुपयोग गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–९ बस्ने २२ वर्षीय विष्णु तिमिल्सेना रहेका छन् ।
तिमिल्सेनामाथि गत साउन ३० गते उपमहानगरपालिका-१ पुष्पलाल चोकस्थित आफ्नो बहिनीको कोठामा आफू पढाउने विद्यालयको १७ वर्षीया किशोरीलाई यौन दुरुपयोग गरेको आरोप छ । यस विषयमा उजुरी गरेपछि भदौ २ गते जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण