पोखराबाट लागु औषधसहित २ जना पक्राउ
पोखरा । लाग औषध कारोबार गरिरहेको सूचनाका आधारमा कास्की प्रहरीले पोखराबाट २ जनालाई पक्राउ गरेको छ । छुट्टाछुट्टै ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
पोखरा १२ भृकुटी टोलबाट लागु औषध कारोबारकै सूचनाका आधारमा ४६ वर्षका शिवकुमार बानियाँलाई पक्राउ गरिएको छ । उनको कोठाबाट ३५३ एम्पुल बुप्रिनर्फिन, डाइजापाम ३५९ एम्पुल र फेनगरागन ३४५ एम्पुल बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
यस्तै, नाइट्रोभ्याट १ हजार ७० ट्यावलेट र नुर्फिन लेखेको स्टिकर १७४ थान फेला गरेको शर्माले जानकारी दिए । उनलाई कास्की अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
यस्तै, अर्को घटनामा पोखरा ८ सिमलचौरमा लागु औषध कारोबार भएको सूचना पाएपछि खटिएको प्रहरीले खोटाङको वाकाचुल गाउँपालिका २ घर भई पोखरा १८ बस्दै आएका ४० वर्षीय विरबहादुर तामाङलाई पक्राउ गरेको छ ।
उनको साथबाट बुप्रिनर्फिन ५ एम्पुल, डाइजापाम ५ एम्पुल र फेनरागन ५ एम्पुल गरी १५ एम्पुल तथा नाइट्रोभ्याट २० चक्की बरामद गरिएको छ । उनलाई कास्की अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कंगोमा रहेका अमेरिकी नागरिकको स्वदेश फिर्तीमा अमेरिकाले लगायो रोक
-
एल निनोको उच्च जोखिम : एसिया र अफ्रिकामा बाढी, रोग र खाद्य सङ्कटको सम्भावना
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण