प्रहरी श्रीमती संघको मानवीय कार्य प्रशंसनीय : प्रथम महिला शाक्य
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी तथा प्रथम महिला राधिका शाक्यले नेपाल प्रहरी श्रीमती सङ्घको मानवीय कार्य प्रशंसनीय भएको बताएकी छिन् ।
सो सङ्घको ४० औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा प्रथम महिला शाक्यले मानवीय सेवाको कार्य सबैभन्दा पवित्र भएको र प्रहरी सङ्गठनको गरिमा कायम राख्न प्रहरी तथा तिनका परिवारको उत्तिकै भूमिका हुने बताएकी हुन् । जुनसुकै समयमा राष्ट्रका लागि समर्पित हुने प्रहरीहरू सम्मानका हकदार भएको उनको भनाइ थियो ।
“प्रहरी श्रीमानहरूलाई अगाडि बढाउन श्रीमतीहरूको महत्त्वपूर्ण योगदान हुन्छ । त्यस्तै महिला प्रहरीहरूलाई श्रीमानको सहयोग बिना कार्यक्षेत्रमा खट्न गाह्रो हुन्छ । एकापसमा सहयोग आदान–प्रदानबाट नै मानवीय सेवाबाट प्रहरीले उत्कृष्टता प्रदर्शन गर्न सक्छ,”, प्रथम महिला शाक्यले भनिन्, “प्रधानमन्त्री ओली गृहमन्त्री भएदेखि नै आफू र प्रहरी सङ्गठन तथा प्रहरी परिवारसँग भावनात्मक सम्बन्ध रहँदै आएको छ । वास्तवमा प्रहरीलाई राष्ट्रको जिम्मेवारीलाई बुझेर संयम, शान्ति र धैर्यका साथ कार्यक्षेत्रमा लाग्न परिवारको अहम् रहेको हुन्छ । यो भूमिकाको निरन्तरता रहोस् भन्ने शुभकामना दिन चाहन्छु ।” उनले सङ्घमा जवानहरूका श्रीमतीलाई पनि जोडेर मानवीय सेवामा लाग्ने थप अवसर दिन आग्रह गरिन् ।
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलगायत सहभागी कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सफल हुने प्रहरी परिवारका छोराछोरीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण