सवारी दुर्घटनामा एक जनाको मृत्यु
बुधबार, ०५ भदौ २०८१, २२ : ३४
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–४ बस चोकमा आज साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी भोक्राहा नरसिंह गाउँपालिका–२ का रमानन्द मेहताको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना३ख १४५ नम्बरको ट्रकले को२२प ४०८० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार मेहताको घटनास्थलमै मृत्यु भएको हो । नोबेल अस्पतालमा उपचार गरी घर फर्कँदै गर्दा मेहता चढेको मोटरसाइकललाई ट्रेकले ठक्कर दिएको थियो ।
मेहताको शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ । ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण