सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क नहोस्‚ बिचौलियाको प्रभावमा छ : सांसद शर्मा
बिहीबार, ०६ भदौ २०८१, १४ : ४१
काठमाडौँ । सांसद नारायणी शर्माले सेयर बजारमा अहिले उकालो यात्रा देखिए पनि यसले सर्वसाधारण जनताको जीवनमा कुनै प्रभाव नपारेको बताएकी छन् । सांसद शर्माले सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क बन्ने अवस्था नरहेको बताइन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाको मात्र पहुँच भएको बताइन् ।
‘शेयर बजारमा उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस् । आम सर्वसाधारण भन्दा बिचौलियाको पहुँच छ । यसले सर्वसाधारणको जीवनमा प्रभाव पारको छैन‚’ उनले भनिन् ।
सांसद शर्माले बिचौलिया खुसी बनाउने र सरकारले आफ्नो आयु बढाउन खोजेको जनगुनासो रहेको उल्लेख गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण