ईसेवाको अफलाइन ट्रान्सफर सेवा दुरुपयोग गरेर ठग्नेहरू सक्रिय
काठमाडौँ । डिजिटल वालेट (ईसेवा) ले रकम ट्रान्सफर सहज बनाउन सुरु गरेको ‘अफलाइन ट्रान्सफर सेवा’ दुरुपयोग गरेर आपराधिक मनोवृत्ति भएकाहरूले ठग्न थालेका छन् । तपाइँलाई अपरिचित मानिसले फोन गरेर नामै किटेर भन्छन्, ‘तपाइँको म्यासेज बक्समा एउटा कोड आएका छ, मलाई पठाउनुस् नँ ।’
त्यतिन्जेल सम्म स्क्यामरले पीडितकै नम्बरबाट ईसेवा वालेटमा ‘अफलाइन ट्रान्सफर सेवा’ मार्फत रकम ट्रान्सफर गर्न रिक्वेस्ट पठाइसकेका हुन्छन् । पीडितकै नम्बर प्रयोग गरेर उनीहरूले रिक्वेस्ट पठाउने हुनाले डिजिटल वालेट कम्पनीले अविश्वास गर्न सक्ने अवस्था नहुने साइबर ब्युरोका प्रवक्ता (एसपी) दीपकराज अवस्थीले रातोपाटीलाई बताए ।

ईसेवाको ‘एसएमएस मोड’ मा गरेको रिक्वेस्ट अनुसार जेनेरेट भएको कोड नम्बर दिँदा ई–सेवा प्रयोगकर्ताको खातामा भएको रकम गिरोहले तत्काल ट्रान्सफर गर्न सक्छन् । आरोपीहरूले ई–सेवा प्रयोगकर्ताहरूको नम्बर ट्रु कलरबाट पत्ता लगाउने गरेको एसपी अवस्थीले बताए । उनी भन्छन्, ‘नम्बर पाएपछि ट्रुकलरबाट नाम पत्ता लगाएर उनीहरुले नामै लिएर कल गर्ने गरेका हुन् ।’
फोन गर्दासम्म स्क्यामरले इसेवा प्रयोगकर्ताको खातामा भएको रकमको विवरण पत्ता लगाइसक्छन् । इन्टरनेट प्रयोग नगरीकन त्यस्तो सेवा लिन सकिने सुविधाको दुरुपयोग गरेर उनीहरुले ठग्ने गरेको एसपी अवस्थीले जानकारी दिए । उनले भने– ‘ब्यालेन्स ट्रान्सफर गर्ने सो सुविधा अन्तर्गत ३२१२१ नम्बरको दुरुपयोग गरेर स्क्यामरले ठग्ने गरेका हुन् ।’
साइबर ब्युरोमा आउने यस्ता घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म आएका निवेदनमाथि अनुसन्धान गरेर मुद्दा दायर गरिएको एसपी अवस्थीले जानकारी दिए । उनले भने, ‘ठग्नेहरूले ईसेवाबाट बोलेको भनेर पनि फोन गर्ने गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण