फिल्म ‘आँखा’को टिजरमा किन देखाइयो सुकुम्वासी बस्तीको पीडा ?
काठमाडौँ । आगामी असोज ११ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘आँखा’ को टिजर सार्वजनिक गरिएको छ । फिल्मको प्रचारलाई थप व्यापक बनाउन निर्माण युनिटले टिजर ल्याएको हो ।
टिजर मर्मस्पर्शी देखिन्छ । टिजर हेर्दा काठमाडौँको बागमती नदी किनारको सुकुम्वासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको अनुमान गर्न सकिन्छ ।
पछिल्लो समय बागमती किनारको सुकुम्वासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौँ महानगरबिचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दोलनको झझल्को टिजरमा छ ।
लेखक समेत निर्देशक योन्जनकै रहेको फिल्ममा स्मिता लामिछाने, आरके मेहता, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा र अभयराज बरालको अभिनय छ । फिल्ममा बाल कलाकारको भूमिकामा प्रसन राई छन् ।
लामा सिनेमाजको ब्यानर तथा ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ । निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता रहँदा राम बस्नेत लाइन प्रोड्यूसर छन् । सह–निर्मातामा रेनुका कार्की ढोली छिन् ।
फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ । आलोक शुक्लाको छायाङ्कन रहेको फिल्म ‘आँखा’मा सङ्गीत दीपक आरजे र जयन जे वाइवाको छ । फिल्ममा पार्श्व सङ्गीत गङ्गा थापाको र ध्वनि मुद्रण किशोर आचार्यको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण