उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग
काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग गरेको छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आङ्गिक क्याम्पस क्याम्पसका साथै सामुदायिक र निजी (प्राइभेट) क्याम्पसका लागि आवेदन माग गरेको हो ।
तोकिएको प्रक्रिया, मापदण्ड र ढाँचासहित भदौ १६ गतेभित्र आइपुग्नेगरी आवेदन माग गरेको हो । राष्ट्रिय शिक्षा दिवसको अवसरमा ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका, २०७७’ मा भएको व्यवस्थाअनुसार आवेदन माग गरेको हो ।
२०८१ असोज २ गते शिक्षा मन्त्रालयले आयोजना गर्ने राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न लागिएको छ ।
त्यसका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ । आङ्गिक, सम्बन्धनप्राप्त सामुदायिक र सम्बन्धनप्राप्त निजी गरी ३ वटा क्याम्पसलाई उत्कृष्ट क्याम्पसको पुरस्कार प्रदान गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण