‘रगत सबको रातो हुन्छ’मा कन्हैया र अनुको अभिनय
शुक्रबार, ०७ भदौ २०८१, १३ : ००
काठमाडौँ । गायक कन्हैया सिंह परियारको नयाँ गीत ‘रगत सबको रातो हुन्छ’ सार्वजनिक भएको छ । हर्क विरही बिकेको शब्द, कलम सिंह ओडको सङ्गीत रहेको गीतमा बिबि अनुरागीको एरेन्ज रहेको छ ।
रोमान्टिक शैलीमा तयार गीतले दलितमाथिको हुने विभिन्न विभेदका घटना शब्द मार्फत व्यक्त गरेका छन् । गीतले रगत सबैको रातो हुने भएकोले जातको हिसावले विभेद गर्न नहुने भरिएको छ ।
गीतको भिडियोमा अभिनेत्री अनु शाह र गायक कन्हैया सिंह परियारकै अभिनय छ । भिडियोले दलितसँग विवाह गर्न एक युवतीले भोक्नुपर्ने पीडा देखाइएको छ ।
विजय रुम्बा लामाको छायाङ्कन तथा सम्पादन रहेको भिडियो विपिन आचार्यले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण