अनुशासन नभए कांग्रेस पार्टी अघि बढ्न सक्दैन : आरजु राणा
काठमाडौँ । कांग्रेस केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री आरजु देउवा राणाले पार्टीभित्र अनुशासन कायम गर्न जोड दिएकी छन् । पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै उनले अनुशासन नभए कांग्रेस पार्टी नै अघि बढ्न नसक्ने धारणा राखिन् ।
‘कुनै पनि ठाउँमा अनुशासन हुँदैन भने पार्टी अघि बढ्न सक्दैन’, उनले भनिन्, अनुशासन हुँदैन भने पार्टी धराशायी हुन्छ ।’ उनले पार्टीभित्र अन्तरघात हाबी रहेको उल्लेख गर्दै गत निर्वाचनमा अन्तरघातकै कारण कम सिट जितिएको जिकिर गरिन् ।
उनले राजनीतिको मनोविज्ञान भनेको ‘इलेक्टिक बाइ द पिपोल’ भएको पनि बताइन् । महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदनको प्रतिवाद गर्दै उनले जनताबाट अनुमोदन हुन्छ भने एउटा व्यक्ति लेजतिपटक पनि चुनाव लड्न सक्ने बताएकी हुन् । यस्तै उनले पार्टीमा महिलाहरु सहभागितामा जोड दिँदै पदाधिकारीमा पनि पर्याप्त स्थान दिनुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण