बलबहादुर भन्छन्– कांग्रेस ठिक ढंगले चलेको छैन
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पार्टी ठीक ढंगले नचलेको भन्दै नेतृत्वमाथि आक्रोश पोखेका छन् । जारी केन्द्रीय समितिको शुक्रबारको बैठकमा आफ्नो धारणा राख्दै नेता केसीले पार्टी एक हुने सूत्र खोज्न सुझाव दिँदै त्यसको उपायको खोजीमा लाग्नुपर्ने बताएका हुन् ।
‘छातीमा हात राखेर भन्नुपर्छ नेपाली कांग्रेस ठिक ढंगले चलेको छैन’, केसीले भने, ‘पार्टी विधानले चल्ने हो देश संविधानले तर यो दुवै भएको छैन ।’
उनले कांग्रेसले कहिले माओवादी त कहिले एमालेसँग गठबन्धन गर्दै आएको भन्दै गठबन्धनको संस्कृतिले कांग्रेसलाई दीर्घकालीन घाटा हुने बताए । ‘निर्वाचनमा जोसँग प्रतिस्पर्धा गर्नुपर्छ उसैसँग सहकार्यमा छौ’, केसीले भने, ‘अहिले संविधान संशोधनको कुरा भइरहेको छ । संविधान संशोधन गर्ने हो भने सबै दलको सहमतिमा गर्नुपर्छ ।’
त्यस्तै अर्का केन्द्रीय सदस्य रमेश रिजालले पार्टीमा अनुशासनको कमी रहेको अनुशासन उल्लंघन गर्नेलाई कडा कारबाही गर्नुपर्ने बताए । ‘पार्टीमा अनुशासनको कमी छ । अनुशासन उल्लंघन गर्नेलाई कडा कारबाही गर्नुपर्छ’, रिजालले भने, ‘संसदीय दलको नेता प्रधानमन्त्री बन्ने हो यो बहस लाई अन्यत्र नलैजाऔँ ।’ पार्टीमा पदाधिकारीमात्र बसेर निर्णय गर्ने प्रवृत्तिको रिजालले विरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण