आजका युवाहरूलाई नेल हतकडी कस्तो हुन्छ थाहै छैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओलीले आफू जेल नेल भोगेर आजको सफलतामा आइपुगेको बताएका छन् । शनिवार काठमाडौँमा भएको युथ कन्क्लेभ कार्यक्रममा एक युवाले प्रधानमन्त्री बन्ने सम्मको जीवन यात्राको बारेमा गरेको प्रश्नको जवाफ दिँदै आफू १४ वर्ष जेल बसेको लगायतका सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको बताए ।
उनले भने– ‘हामीले धेरै चुटाई खानुपरेको थियो, भूमिगत बस्नुपरेको थियो, जेलमा बस्नुपरेको थियो । गोलघरमा बस्नुपरेको थियो, नेल हतकडी लगाउनुपरेको थियो । आजका युवाहरूलाई नेल हतकडी भनेको कस्तो हुन्छ जान्न पनि गाह्रो होला ।’
उनले आफ्नो जीवन संघर्षबारे थप भने, ‘म १८ वर्षको उमेरमा जेल परेको थिएँ । १८ वर्षको उमेरमा मलाई पञ्चायती शासनले मुद्दा लगाएको थियो । ५३ सालका लागि तोकेर मलाई जेल पठाइएको थियो पछि त्यो घट्दै गएर १० वर्षमा पुग्यो । १० वर्ष जेल बसेपछि पनि ४ वर्ष बिना मुद्दा मामिला फेरि थुनेको थुन्यै गरियो । कानुनी राज थिएन । लोकतन्त्रका लागि लड्दा म अन्यायपूर्वक थुनिएको थिएँ महाराजको माफीले छुटेको होइन, कसैले माफी दिएको होइन । यस्तो धेरै भोगेको छु जिन्दगीमा ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण