स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद र अनुदानमा प्राप्त स्वास्थ्य सामग्रीको विवरण सङ्कलन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ। मन्त्रालयलाई सुझाव दिन गठित कार्यदलको संयोजकमा प्राडा नारायणविक्रम थापा छन् ।
यसैगरी सदस्यहरूमा डा.श्रवणकुमार थापा, स्वास्थ्य मन्त्रालयका लेखा अधिकृत शालिकग्राम चौधरी, मन्त्रालयका कानुन अधिकृत सेनाबहादुर श्रेष्ठ, र विष्णुबहादुर क्षेत्री छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सामग्रीको अभाव तथा खरिद गरेर पनि सदुपयोग हुन नसकेको अवस्था कम गर्न आवश्यक तथ्यांक र सुझावका लागि विज्ञ समिति गठन गर्न अग्रसरता लिएका छन् ।
कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ ।
यसैगरी विगत तीन वर्षको अवधिमा मन्त्रालय र विभागलाई विभिन्न दातृ निकायहरूबाट अनुदानमा प्राप्त सामग्रीहरूको विवरण, ती सामग्रीहरू वितरणको अवस्था र त्यसपछि हालको मौज्दात अवस्थाबारे समेत विवरण सङ्कलन गर्नेछ ।
कार्यदलले विस्तृत विवरण सङ्कलन गरी विद्यमान स्वास्थ्य सामग्रीको वास्तविक अवस्थाको बारेमा जानकारी दिने र स्वास्थ्य सेवा प्रणालीमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा मन्त्रालयको छ ।
‘कार्यदलले आफ्नो अनुसन्धानमा पाएको नतिजाको आधारमा मन्त्रालयलाई सुझाव दिनेछ, जसले स्वास्थ्य सामग्रीको खरिद, वितरण, र व्यवस्थापन प्रक्रियालाई अझ प्रभावकारी, पारदर्शी, र जवाफदेही बनाउन मद्दत गर्नेछु, मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले भने ।
उनले गठित कार्यदलले स्वास्थ्य क्षेत्रको खरीद प्रक्रिया थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण