देशभर डेंगु संक्रमणबाट ३ जनाको मृत्यु, संक्रमित संख्या ५ हजार बढी
काठमाडौँ । डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या तीन जना पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ५ हजार ११९ जना संक्रमितमध्ये तीन जनाको मृत्यु भएको हो ।
मृत्यु भएका डेंगु संक्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।
देशभर ७७ मध्ये ७५ जिल्लामा डेंगी संक्रमण देखिएको छ । तनहुँका १ हजार ४५ जनामा डेंगी संक्रमण देखिएको छ । यो जिल्लामा मात्रै एक हजार बढी डेंगु संक्रमित छन् । यो तथ्यांक मध्ये माघ यताको रहेको इडीसीडीले जनाएको छ ।
कुन प्रदेशमा कति डेंगु संक्रमित ?
सातै प्रदेशमा डेंगु फैलिएको छ । पछिल्लो पटकको तथ्यांकअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा डेंगु संक्रमण फैलिएको छ । यहाँ २१ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै, बागमती प्रदेशमा १३ सय ७७ जनामा डेंगु संक्रमण भएको छ भने, कोशीका ७ सय ६ जनामा डेंगु भएको इडीसीडीको तथ्यांक छ । सुदूरपश्चिमका ३ सय १५ जनामा, मधेशका ७९ जनामा र कर्णालीका ७१ जनामा डेंगी देखा परेको सरकारी तथ्यांक छ ।
दुई जिल्ला डेंगुबाट सुरक्षित
नेपालका ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । सरकारी तथ्यांक अनुसार हुम्ला र मुस्ताङ मात्रै डेंगु संक्रमणबाट सुरक्षित रहेको छ । देशभर ७५ जिल्लामा ५ हजार बढीमा डेंगु पुष्टि भएको छ ।
डेंगु संक्रमण अझै बढ्न सक्ने भन्दै विज्ञहरुले सर्तकता अपनाउन आग्रह गरेका छन् । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले सर्दछ ।
यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने चिकित्सक सुझाउ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण