विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् । काठमाडौँको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।
अध्यक्ष थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए । गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको कल्पना राप्रपा नेपालसँग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाइराख्ने बताए ।
सङ्घीयताको स्वरूप नबदली आर्थिक रूपमा सङ्घीयता मुलुकले धान्न नसक्ने भन्दै उनले प्रदेश संरचना आवश्यक नभएको समेत जिकिर गरे । भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै थापाले अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे ।
कार्यक्रममा उपाध्यक्ष डा. विष्णु भण्डारी, उत्तम लामा र उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा ७.५ म्याग्निच्यूडको भूकम्पपछि सुनामीको चेतावनी
-
कोशी प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता
-
खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपाठन सुरू
-
धवलागिरि चढ्ने आरोही आधार शिविर पुगे
-
अब ‘टेलिचलचित्र’ पनि सेन्सर गर्नुपर्ने
-
१० बजे, १० समाचार : नीति तथा कार्यक्रम सार्वजनिक, भारतले एमालेभन्दा कांग्रेसलाई किन दियो महत्व ?