विदेशी दबाब र प्रभावमा लादिएको व्यवस्था टिक्दैन : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा सबै अटाउन सक्ने मौलिक प्रजातान्त्रिक व्यवस्था आवश्यक भएको बताएका छन् । काठमाडौँको थानकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।
अध्यक्ष थापाले विदेशी प्रभाव र दबाबमा लादिएको व्यवस्था टिकाउ नहुने समेत बताए । गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको कल्पना राप्रपा नेपालसँग मात्र भएको भन्दै थापाले सनातन हिन्दुराष्ट्र र राजा सहितको प्रजातन्त्रले मुलुकलाई दिगो बनाइराख्ने बताए ।
सङ्घीयताको स्वरूप नबदली आर्थिक रूपमा सङ्घीयता मुलुकले धान्न नसक्ने भन्दै उनले प्रदेश संरचना आवश्यक नभएको समेत जिकिर गरे । भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन र कुशासनको दलदलमा मुलुक भासिएको भन्दै थापाले अब नयाँ राष्ट्रवादी आन्दोलन मुलुकको लागि जरुरी भएको उल्लेख गरे ।
कार्यक्रममा उपाध्यक्ष डा. विष्णु भण्डारी, उत्तम लामा र उज्ज्वल पोखरेल लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण