साताको बजार : सुनको मूल्यमा रेकर्ड, तोलामा १८०० रुपैयाँ वृद्धि
काठमाडौँ । यो साता स्थानीय बजारमा सुनचाँदीको मूल्यले रेकर्ड कायम गर्यो । हालसम्मको सबै मूल्यसूचीलाई उछिन्दै सुनको मूल्य रेकर्ड कायम बन्दा सातामा भने तोलामा १८०० रुपैयाँ बढ्न पुग्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आइतबार बढेर १ लाख ५२ हजार ६०० रुपैयाँ कायम भयो ।
त्यसपछिका दिनमा भनेर मूल्यमा उतारचढाव रहँदै कारोबारको अन्तिम दिन शुक्रबार १ लाख ५१ हजार ४०० रुपैयाँ कायम भयो । महासंघका अनुसार बिहीबार १ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन त्यसको अघिल्लो दिन बुधबार १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको तथ्यांकमा उल्लेख छ ।
यस्तै मंगलबार १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको सुन त्यसको अघिल्लो दिनचाहिँ सोमबार १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यसैगरी चाँदीको मूल्य अघिल्लो शुक्रबार तोलामा १ हजार ७६० रुपैयाँ कायम भएको थियो । सो मूल्य उतारचढाव हुँदै यो शुक्रबार आइपुग्दा १ हजार ८१५ रुपैयाँ कायम भयो । जसअनुसार सातामा चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढ्न पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण