लालिगामा बार्सिलोनाको लगातार दोस्रो जित
काठमाडौँ । स्पेनिस लालिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिलबाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा युवा स्टार खेलाडी लामिनयामल र भेट्रान खेलाडी रोबर्ट लेवान्डोस्कीले एक एकगोल गरेका थिए । बिलबाओको तर्फबाट ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए ।
२४ औँ मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर ४३ औँ मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले बराबरी गोल गरे ।
७५ औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि अन्ततः बार्सिलोना २–१ गोलको जीत निकाल्न सफल भयो । बार्सिलोनाको लगातार दोस्रो जीत हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ ।
लालिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्यसैगरी ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण