लेबनानमा इजरायली आक्रमण
बेरुत । इजरायली सेनाले लेबनानमा आक्रमण गरेको छ । आफ्नो लडाकु विमानले लेबनानमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गरिरहेको इजरायली सेनाले बताएको छ । हिजबुल्लाहको मिसाइल र रकेट फायरिङ गतिविधि पत्ता लागेपछि यो कदम चालेको इजरायलले जनाएको छ ।
‘हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई पन्छाउन आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौँ ।’ इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भनेका छन् । आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाहले आफ्नो गतिविधि सञ्चालन गरिरहेका स्थानबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको पनि सेनाले भनेको छ ।
इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निशाना बनाए । यस आक्रमणमा एक जनाको मृत्यु भएको र ३० जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
यी आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा ५० भन्दा बढी मिसाइलहरू प्रहार गरेको थियो । आफ्ना सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गरेको हिजबुल्लाहले बताएको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो मन्त्रिपरिषद्को आपत्कालीन सुरक्षा बैठक बोलाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण