एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ: मन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् ।
आज वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृत्रिम अभावलगायतका मूल्य समायोजनका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘अहिलेको उत्पादन कति छ ? स्टक कति ? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ । मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ । ड्युटी घटाउन परेपनि घटाउँछौँ, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन सङ्घलाई सरकार नै चाहिन्छ । त्यसैले आपूर्ति शृङ्खलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ । अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ ।’
साथै उनले उपभोक्ता शृङ्खलाको चुनौती राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे । उनले उत्पादनमूलक वस्तुहरू मुलुकमा उत्पादन गर्न नसकेको र खुला सीमाका कारण उपभोक्ता शृङ्खलाको चुनौती बढेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण