इजरायलमा ४८ घण्टाका लागि सङ्कटकाल घोषणा
तेल अभिभ । इजरायलले ४८ घण्टाका लागि सङ्कटकाल लगाएको छ । त्यहाँका रक्षामन्त्री याओभ गलन्टले देशभर नै ४८ घण्टाका लागि सङ्कटकालको घोषणा गरेका छन् । इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लालाई निशाना बनाएर गरेको हवाई आक्रमणको प्रतिकारमा लेबनानले पनि हवाई हमला गरेपछि सङ्कटकाल लगाइएको हो ।
आफले इजरायलतर्फ ३२० वटा रकेट प्रहार गरेको हिजबुल्लाले भनेको थियो । ड्रोन र कात्युशा रकेटको प्रयोग गरेर आफूले उत्तरी इजरायलको क्षेत्रहरूलाई निशाना बनाइरहेको उसले बताएको थियो ।
यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले तेल अभीभमा आपतकालीन राष्ट्रिय सुरक्षा बैठकलाई सम्बोधन गरेका छन् । ‘हाम्रो देशको रक्षा गर्न र बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घरसम्म फर्काउन हामी सबै कुरा गर्न तयार छौँ । हामीलाई चोट पुर्याउन खोज्ने जोकोहीलाई हामी पनि चोट पुर्याउनेछौं’ उनले भनेका छन् ।
आफ्नो सेनाले इजरायलमा आक्रमण गर्ने हिजबुल्लाको तयारी पत्ता लगाउन दिनरात काम गरेको पनि उनले बताए । सेनाको पूर्व तयारीका कारण आफूहरूले हेजबुल्लाहका हजारौँ रकेट नष्ट गर्न सफल भएका पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण