लेखा समितिका सभापतिको चुनौती– आफ्नै नेताहरूलाई गएर भन्नुस्
आइतबार, ०९ भदौ २०८१, १६ : ०८
काठमाडौँ । सांसदहरूले आफूमाथि लक्षित गरेर पटकपटक प्रश्न उठाएपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्रश्न उठाउने सांसदहरूलाई आफ्नै पार्टीका सभापति वा अध्यक्षलाई गएर भन्न चुनौती दिएका छन् ।
डेडिकेटेड र ट्रंक लाइन महसुस विवादमा छलफल राखिएकोमा सांसदहरूले सभापतिमाथि धेरै प्रश्न उठेपछि उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘मलाई किन सभापतिमा बसेको भनेर भन्नुभयो । यही कुरा कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा वा केपी शर्मा ओलीलाई भन्नुस् ’ ,उनले भने, ‘ यहाँ किन मलाई दोहोर्याइ दोहोर्याइ भनिरहनु भएको छ ।’
उनले छाती फुलाएर यहाँ भन्नु भन्दा आफ्नै अध्यक्षको अगाडि एक घण्टा भाषण गर्न पनि आग्रह गरे ।
‘म कुनै राजनीतिक दलमा निवेदन हालेर सभापति बन्न आएको होइन, ’ उनले भने, ‘राजनीतिक निर्णय मान्न तयार छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण