आयो फोक्सो क्यान्सरविरुद्धको खोप
लन्डन । क्यान्सरका कारण मृत्यु हुनेको सङ्ख्या विश्वमा निकै धेरै छ । क्यान्सरका बिरामीहरूमा पनि धेरै मृत्यु फोक्सो क्यान्सरका कारण हुने गरेको छ ।
फोक्सोको क्यान्सरबाट हरेक वर्ष १८ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ । डाक्टरहरूले धेरै वर्षदेखि यसको उपचारमा अनुसन्धान गरिरहेका थिए ।
अब भने फोक्सोको क्यान्सर रोक्न विश्वको पहिलो एमआरएनए खोप लन्च गरिएको छ । द गार्डियनमा छापिएको समाचारअनुसार यो खोपको नाम बीएनटी ११६ हो ।
यो खोप जर्मन बायो प्रविधि कम्पनी बायोएनटेकले बनाएको हो । यो खोपको पहिलो परीक्षण बेलायतका ६७ वर्षीय नागरिक जानुस रैक्जमा गरिएको छ ।
मङ्गलवार उनलाई यो खोपको पहिलो मात्रा दिइएको थियो । यो खोपको परीक्षण गरिएको रैक्स विश्वको पहिलो व्यक्ति हुन् ।
प्रारम्भिक चरणमा खोपले शरीरका क्यान्सर कोशिकाहरू पत्ता लगाउने बताइएको छ । खोपको परीक्षण बेलायतबाहेक, अमेरिका, जर्मनी, हंगेरी, पोल्यान्ड, स्पेन र टर्कीका १३० जना फोक्सो क्यान्सरको बिरामीमा गरिँदैछ ।
खोपको परीक्षण सुरुवाती चरणमा भए पनि अनुसन्धानहरूले यो खोपबाट निकै आशा गरेका छन् । कोभिड–१९ विरुद्धको खोप जस्तै यो खोप पनि मेसेन्जर आरएनए (एमआरएनए) पद्धतिको प्रयोग गरेर बनाइएको छ ।
यो खोपले हजारौँको ज्यान जोगाउनेमा विज्ञहरू आशावादी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोनमा एस्टन भिल्ला पुगे चेल्सीका विङ्गर गार्नाचो
-
मिटरब्याज सम्बन्धी लिखत अवैध घोषणा: पीडितलाई न्यायको आशासँगै कानुनी जटिलताको चाङ
-
मोड्रिच थप एक वर्ष एसी मिलानमै रहने
-
अमेरिका-इरान तनाव र हुथीको आक्रमण: गहिरिँदै पश्चिम एसियाको सङ्कट
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण