ग्लोबल आइएमई बैंकका ग्राहकलाई के–ल्याबमा २५ प्रतिशत छुट
आइतबार, ०९ भदौ २०८१, १८ : ०७
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब) मा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गरेका हुन् ।
समझदारी अनुसार बैंकको ग्राहकहरूले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा बापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण