ओमानका विदेशमन्त्री नेपाल आउँदै
सोमबार, १० भदौ २०८१, ०९ : ५५

काठमाडौँ । ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार यहाँ आउँदै छन् । उनी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा दुई दिनका लागि (भदौ १० र ११ गते) काठमाडौँ आउन लागेको मन्त्रालयले जनाएको छ ।
भ्रमणका दौरान दुई विदेश मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध र अन्य विविध विषयमा द्विपक्षीय भेटवार्ता तथा छलफल हुनेछ । ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्नेछन् । उनी भदौ ११ गते काठमाडौँबाट स्वदेश फर्किने कार्यतालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मकवानपुर महिला गोल्डकप’ आजदेखि, उद्घाटन खेलमा मकवानपुर र चितवन भिड्ने
-
कृषि अनुसन्धान : मनहरीमा चैतेधान परीक्षण
-
विद्यार्थीले देखाए कथा मार्फत समाजको ऐना
-
बजेट कार्यान्वयन : कर्णाली किन सधैँ कमजोर ?
-
उपप्रधानमन्त्री पौडेल र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबिच भेटवार्ता
-
कर्णालीलाई सुहाउँदो बजेट आउँछ : मन्त्री शाह