ओमानका विदेशमन्त्रीको नेपाल भ्रमण : यस्तो छ दुई दिनको कार्यक्रम

काठमाडौँ । ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसैदी आज नेपाल भ्रमणमा आउँदैछन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणमा उनी आज दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउन लागेका हुन् ।
परराष्ट्र सचिव लम्सालले साउन २१ गते ओमान गएका बेला विदेशमन्त्री अल्बुसैदीलाई नेपाल भ्रमणको निम्तो दिएकी थिइन् । विदेशमन्त्री अल्बुसैदी आज दिउँसो ४.४५ बजे नेपाल आइ पुग्नेछन् ।
उनको बसाई सोल्टी होटलमा हुनेछ । उनले भोलि बिहान परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग भेटघाट गर्नुका साथै दुई पक्षीय सम्बन्धको विषयमा छलफल हुनेछ ।
त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेलबिच भेटघाट गरी त्यही दिन साँझ उनी स्वदेश फर्किने कार्यक्रम रहेको छ । नेपालमा ओमनको दूतावास खोल्ने पहल भइरहेको छ ।
सन् १९७७ देखि दुई देशबिच सम्बन्ध रहँदै आएको छ । तर नेपालमा ओमनको दूतावास छैन । भारतमा रहेको ओमनको दूतावासले नै नेपाललाई हेरिरहेको छ ।
परराष्ट्र सचिव लम्साल ओमन भ्रमणमा गएका बेला नेपालमा पनि दूतावास खोल्न आग्रह गरेकी थिइन् । ओमनमा २१ हजारभन्दा बढी नेपाली श्रमिक त्यहाँ कार्यरत छन् ।
श्रम रोजगारलगायतका विषयमा पनि दुई पक्ष बिच भेटघाट हुने बताइएको छ । दुई पक्षीय छलफलमा आर्थिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा उपयुक्त सम्भावनाको खोजीको विषयमा पनि छलफल हुने बताइएको छ ।
दुई पक्ष बिचमा निजी क्षेत्र लगायत विभिन्न सहयोग तथा साझेदारीको बारेमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तालिकाको पहिलो स्थानमा उक्लने लक्ष्यसहित भिड्दै मुम्बई र गुजरात
-
चिकित्सक नहुँदा सर्पदंश उपचार प्रभावित
-
आईपीएलको कीर्तिमानी शतकपछि चर्चामा आएका सूर्यवंशीलाई बिहार छाडेर बंगालबाट खेल्न प्रस्ताव
-
दुर्घटनामा परेका पवनदीपको स्वास्थ्य अवस्था कस्तो छ ?
-
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो
-
एकीकृत समाजवादीको सचिवालय बैठक चम्पादेवीमा