प्रस्तावित राजदूतविरुद्ध परेका ९ वटा उजुरी भोलि खोलिँदै
_u1825a0G13.jpg)
काठमाडौँ । १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेको छ । उनीहरूविरूद्ध परेको उजुरी मंगलबार बस्ने समितिको बैठकमा खोलिँदैछ ।
समिति सभापति ईश्वरी न्यौपानेले कुल ९ वटा उजुरी परेको रातोपाटीलाई जानकारी दिइन् । ‘कसका विरुद्ध के उजुरी परेको छ भोलि ११ बजे बस्ने बैठकमा हामी खोल्छौँ‚’ उनले भनिन् ।
साउन १४ मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत सिफारिस गरेको थियो । तर‚ साउन २९ मा बसेको संसदीय सुनुवाइ विशेष समितिले १० दिनको समय दिएर १७ देशमा प्रस्तावित राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान गरेको थियो । अस्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम उजुरी आह्वानको सूचनामा प्रकाशित भएन ।
सरकारले राजदूत सिफारिसबारे संसदलाई जानकारी पठाएपछि सुनुवाइ समितिले प्रस्तावित राजदूतविरुद्ध सार्वजनिक सूचना जारी गरी उजुरी मागेको थियो । सोही आधारमा सुनुवाइ समितिमा ९ वटा उजुरी परेका हुन् ।
प्राप्त जानकारी अनुसार ९ मध्ये दुई वटा उजुरी इमेलबाट प्राप्त भएका हुन् भने ७ वटा उजुरी उजुरीकर्ताले संसद सचिवालयमै पुगेर दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्को दुवै बैठक बस्दै : सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल
-
सुनाखरी मध्यवर्ती सामुदायिक ‘होमस्टे’मा पहुना आकर्षित हुँदा व्यवसायी उत्साहित
-
२ सय पटक सर्पले टोकेपछि मान्छेको रगतमै बन्यो एन्टिभेनम
-
जेलेन्स्कीले भने- दबाब बिना रुसले युक्रेनसँगको युद्ध अन्त्य गर्दैन
-
ट्र्याक खुलेको १४ वर्षपछि दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति
-
यातायात व्यवस्था कार्यालयद्वारा ८२ करोडभन्दा बढी राजस्व सङ्कलन