अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकहरूलाई मन्त्री पौडेलको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकलाई काम गर्न आग्रह गरेका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले आफूसँग भएको स्रोत र साधनको प्रयोग गरी स्वास्थ्य सेवाको प्रभाकारिता बढाउन समय थपेर पनि चिकित्सकले काम गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले उपचारका लागि आउनेहरूको लाइन घटाउन प्रणालीगत सुधार आवश्यक रहेको बताए । यस्तै उनले टोकन प्रणाली लागू गरे पनि लगत तरिका प्रयोग गरिएको बताए ।
दिनको एक घण्टा टोकन खोलेर सेवाग्राहीलाई सोही टोकनमा समयमा उपलब्ध गराउन मन्त्री पौडेलले जोड दिए । ‘मैले सुनेको एकै पटक मुठ्ठीभर टोकन लिएर जाने रे, अनि चिया पसलमा बसेकालाई दिने चालन रहेछ,’ उनले भने, ‘त्यसैले यो टोकन सिस्टम व्यवस्थित गर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण