अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकहरूलाई मन्त्री पौडेलको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पतालको लाइन कम हुने गरी काम गर्न चिकित्सकलाई काम गर्न आग्रह गरेका छन् ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले आफूसँग भएको स्रोत र साधनको प्रयोग गरी स्वास्थ्य सेवाको प्रभाकारिता बढाउन समय थपेर पनि चिकित्सकले काम गर्नुपर्ने बताए ।
मन्त्री पौडेलले उपचारका लागि आउनेहरूको लाइन घटाउन प्रणालीगत सुधार आवश्यक रहेको बताए । यस्तै उनले टोकन प्रणाली लागू गरे पनि लगत तरिका प्रयोग गरिएको बताए ।
दिनको एक घण्टा टोकन खोलेर सेवाग्राहीलाई सोही टोकनमा समयमा उपलब्ध गराउन मन्त्री पौडेलले जोड दिए । ‘मैले सुनेको एकै पटक मुठ्ठीभर टोकन लिएर जाने रे, अनि चिया पसलमा बसेकालाई दिने चालन रहेछ,’ उनले भने, ‘त्यसैले यो टोकन सिस्टम व्यवस्थित गर्नुपर्यो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
फिलिपिन्समा आज मध्यावधि चुनावको मतदान, हिरासतबाट चुनाव लड्दैछन् पूर्वराष्ट्रपति
-
‘एल क्लासिको’ भिडन्त गुमाए पनि एमबाप्पेले ३२ वर्ष पुरानो कीर्तिमान तोडे
-
‘पेट्रोल’ फल्ने तरुल केसभाको सम्भावना
-
राष्ट्रपतिद्वारा बौद्ध स्तूपामा पूजा, तस्बिरहरू
-
छत्तीसगढमा सडक दुर्घटना, १३ जनाको मृत्यु
-
दिल्ली क्यापिटल्सलाई झट्का, आईपीएलको बाँकी खेल खेल्न स्टार्क नफर्कने