वैदेशिक रोजगारीमा रहेका १३ सयभन्दा बढी नेपालीको मृत्यु

काठमाडौँ । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन ।
वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा परेर १०३ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ ।
त्यस्तै ७ जनाको हत्या भएको छ । ५४ जनाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । ६० जनाको बिरामी भएर मृत्यु भएको छ । ६९ जनाको मृत्युको कारण थाहा नभएको, ४ जनाको कार्यस्थलमा दुर्घटना भएर, ६३ जनाको अन्य कारणले मृत्यु भएको छ ।
त्यस्तै ५१ जनाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको बोर्डले जनाएको छ । ७ जनाको मृगौलाको रोग लागेर, ७ जनाको कोभिड–१९ का कारण, ७९ जना कार्डिक एरेष्टका कारण, ३९ जनाको क्यान्सरका कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म