हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीका २ सडक अवरुद्ध
हेटौँडा । हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको २ वटा सडक अवरुद्ध भएको छ । हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ र हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक खण्ड अवरुद्ध भएको हो ।
सोमबार दिउँसोको भारी वर्षाका कारण सडक माथिबाट खसेको लेदोका कारण हेटौँडा–कुलेखानी–सिस्नेरी–फर्पिङ सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार उक्त सडक खण्डअन्तर्गत इन्द्रसरोबर गाउँपालिका वडा नम्बर–३ रामचन्द्र भन्ज्याङमा सडक माथिबाट लेदो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा पनि प्रहरी र सडक डिभिजनको टोलीले सडक खुलाउने कार्य गरिरहेको उनले बताए ।
यता भिमफेदी गाउँपालिका वडा नम्बर–८ महादेवटारस्थित कान्तिलोकपथमा वर्षाका कारण लेदो खसी बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ । अपराह्न ४ बजेपछि बाटो अवरुद्ध भएको प्रहरीको हो । बाटो अवरोध भएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय ठिंगनबाट खटिएको प्रहरी टोलीले सडक विभाग र फास्ट ट्र्याकसँग समन्वय गरी पहिरो पन्छाउने काम गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण